किरात समाचार : लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा बिराटनगरमा बृहत जनप्रदर्शन गरेको छ । प्रदेश १ को नामकरण लिम्बुवान,किरात राख्न दबाब दिन जनप्रदर्शन गरेका छन् ।
जनप्रदर्शनमा सहभागी हुन पहिचानवादी दल तथा संघसंस्थामा आवद्ध संगठनका हजारौं कार्यकर्ता बिराटनगर पुगेका छन् । आजको जनप्रदर्शनलाई चुम्लुङ अध्यक्ष लगायत जसपाका नेता रकम चेम्जोङ सलोराम अध्यक्ष कुमार लिङ्देन जसपा लिम्बुवान सम्बद्ध खगेन्द्र माखिम, प्रेमदिप थाम्सुहाङ माओवादी केन्द्र मुक्साम मेन्याङ्बो लगायत शीर्ष नेताले सम्बोधन गर्दैछन् ।
किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३४ वटा राजनीतिक ,समाजिक संघसंस्था संगठनहरुको आवद्ध संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेका हो । संयुक्त संघर्ष समितिले प्रदेश राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गरेको छ ।
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी ‘लिम्बुवान किरात’ प्रदेशको माग गर्दै पहिचानवादी दल तथा संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ
तस्वीर : राम योङहाङ , डकेन्द्रसिह थेगिमको समाजिक संजालबाट