२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित



 

काठमाडौं  :  प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक शुक्रबार दिनभर छलफलपछि बहुमतले पारित भएको हो ।

नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन हुने पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए ।

नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नहुने भन्दै नागरिकता विधेयकको विपक्षमा रहे ।प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ०२ बजे