७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

महिला राष्ट्रिय फुटबल टोलीको कप्तानमा एन्जिला तुम्बापो | kiratsamachar



माङ्सेबुङ – महिला राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा गोलकिपर एन्जिला तुम्बापो लिम्बू नियुक्त भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रि–म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ ।

इलामकी २६ वर्षीय एन्जिलाले ४ वर्षअघि सन् २०१९ मा भारतमा भएको हिरो कपमा कार्यवहाक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी तुम्बापो टिमको नवौँ कप्तान हुन् ।

साफ च्याम्पियनसिपको प्रशिक्षणका क्रममा नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिएपछि नयाँ कप्तान नियुक्त गर्नुपरेको हो । एन्जिलाले सन् २०१६ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १ : ३७ बजे