७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

महिला साफ च्याम्पियनसिपमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपाल विजयी



काठमाडौ – महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल विजयी भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले विजयी सुखद सुरुआत गरेको हो ।

नेपालको जितका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । खेलको १२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाईन् ।

खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । त्यस्तै खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन् । त्यसपछि खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन् ।

भुटान विरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेकी छिन् । दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।

यस जितसँगै समूह ‘बी’ को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

 

 

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : २३ बजे