७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इजरायलमा छैटौं संस्करण बलिहाङ कप हुने | kiratsamachar



किरात समाचार – किरात याक्थुङ चुम्लुङ इजरायलले छैटौं संस्करण वलिहाङ कप – ५०८२ फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आयोजक कियाचु इजरायलको अनुसार आगामी अक्टोबर ०७ तारिख , २०२२ शुक्रबार देखी खेल संचालन हुने फुटबल खेलको लागि इजरायलमा रहेका नेपाली फुटबल क्लबहरुलाई आधिकारिक पत्र पठाइसकेको आयोजकले जानकारी दिए ।

 

यसअघिको सबै संस्करण वलिहाङ कपको विजेता आयोजक किरात याक्थुङ चुम्लुङ इजरायलको KYC FC क्लब रहेको छ । त्यस्तै पाचौ संस्करणको उपविजेता दार्जीलिंग युनाइँटेड रहेको थियो।

 

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : ०९ बजे