७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई



इलाम –  साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

सोमबार काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेशले छैटौं संस्करण साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् भने शामसुनाहरले एक गोल गरिन् । नेपालकी अनिता बस्नेतले एक मात्र सान्तवना गोल फर्काईन् ।

नेपाललाई घरेलु मैदानमा हराउँदै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : ५४ बजे