७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

शंकर मादेन स्मृति भलिबल प्रतियोगिताको उपाधि लासिङबुङलाई | kiratsamachar



किरात समाचार – आत्मा पबित्र हक्चात यक्चुमको आयोजनामा असोज १५ -१६ गतेसम्म आयोजित शंकर मादेन स्मृति भलिबल प्रतियोगिताको उपाधि माङ्सेबुङ ५ लासिङबुङले जितेको छ।

माङ्सेबुङ ५ स्थित रहेको सरस्वती मा. वि. प्राङगणमा आइतबार भएको फाइनल खेलमा माङ्सेबुङ ६ मालबासे लाई  हराउँदै लासिङबुङले उपाधि जितेको हाे।

फाइनल खेलमा माङ्सेबुङ वडा ५ लासिङबुङले माङ्सेबुङ वडा ६ मालबासेलाई पहिलो सेटमा हराएको थियोे । पहिलो सेटमा २५–२४ ले लासिङबुङले जितेको थियोे भने दोस्रो सेटमा मालबासेले २६–२५ को सेटमा बराबरी बनाउदै खेल बेस्ट अफ थ्रीमा पुगेको थियोे । त्यस्तै बेस्ट अफ थ्री खेल तेस्रो सेटको लागि समय अपुग भएकोले दुईपक्ष खेलाडीको सहमतिमा खेल लक्की ड्र मार्फत मालबासेलाई हराउँदै लासिङबुङ विजयी भएकाे हाे।

आत्मा पबित्र हक्चात यक्चुमको अध्यक्ष मन कुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको फाइनल खेलको प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष मुक्तिहाङ साम्बा रहेको थियोे ।

प्रतियोगिताको विजेता लासिङबुङले नगद ८ हजार ५ रुपैयाँ, मेडल तथा प्रमाणपत्र र उपविजेता माङ्सेबुङ ६ मालबासेले नगद ५ हजार ५ रुपैयाँ मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍याे।

भलिबल प्रतियोगिताको प्रायोजन गौहाङमा साम्बा,मुक्तिहाङ साम्बा,शान्तिहाङ साम्बा रहेका छन् । उनीहरूले प्रतियोगिताको प्रथम पुरस्कार र दोस्रो पुरस्कार प्रायोजन गरेका हुन । त्यस्तै प्रायोजक मध्येमा गौहाङमा साम्बा भने स्व शंकर मादेनको श्रीमती हुन् ।

यसैगरी असोज १५ गतेदेखि १६ गतेसम्म संचालित शंकर मादेन स्मृति खेलमा सहभागी टिमहरु लामिटार सेवा समाज,गुरु आश्रम माङ्सेबुङ ,सरस्वती मा. वि. भालुटार , लासिङ्बुङ माङ्सेबुङ , लालिगुरास क्लब मझुवा माङ्सेबुङ , माङ्सेबुङ ६ मालबासे , भञ्ज्याङ् स्पोर्टिङ क्लब, खलङ्गे लगायत टिमले सहभागीता जनाएको थियोे ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १ : ४८ बजे