१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

‘एकपटक इन्द्र आङ्बो मुख्यमन्त्री हुनैपर्छ’ – आत्मानन्द ‘सेइङ’



माङ्सेबुङ – प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई एकपटक मुख्यमन्त्री भएर छाड्ने किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द सेइङले बताउनु भएको छ ।

इलामको माङ्सेबुङ -५ स्थित गुरुनिजि आश्रम लारुम्बामा शुक्रबार मन्त्री आङ्बो, माओवादी केन्द्र प्रदेश १ कमिटी कोषाध्यक्ष गगन पुरी , प्रदेश सदस्य तथा इलाम जिल्ला सहइन्चार्ज हर्कबहादुर लावती कान्छा मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम लगायत गुरु भेटदर्शन कार्यक्रममा आशिर्वाद प्रदान गर्नुहुदै सो कुरा किरात धर्मगुरु आत्मानन्द सेइङले बताउनु भएको हो ।

गुरुले भन्नु भयो ‘ मन्त्री आङ्बो एकपटक मुख्यमन्त्री हुनैपर्छ । भएन भने हरेक विकासका कुरा जातीय कुरा जनजातिको कुराहरु लोप भएर जाने बताउनु भयो । पुनः थप्दै भन्नुभयो ८० प्रतिशत जनजातिको अधिकार यो राज्यले यो सरकारले सम्बोधन गरेको छैन ।’ भारी बोक्नेबेला जनजातिले बोक्ने निकाल्ने बेला अरुले खाने भनेर कुरा उठाउन थालेको बताउनु भयो ।’

अङ्सीमाङले भन्नुभयो जुनसुकै पार्टी आएपनि हामी होमिएको ठाउँ छैन । नपुगेको नबोकेको ठाउँ पनि छैन । नेपालमा आदिवासी जनजातिले सबै पार्टीको झोला बोकेको बताए । माओवादी आयो बन्दुक बोक्यौ मरेको छौ तर, अधिकार खोइ त ? प्रश्न समेत गर्नुहुदै । अधिकार खोज्नुपर्ने बताउनु भयो । जुनसुकै पार्टीबाट जीतेर गएपनि अधिकारको लागि राज्यलाई सम्बोधन गर्न लगाउनुपर्ने बताउनु भयो ।

यो देशमा अचम्मको कुटनैतिक छ । यो कुटनैतिक निकै खतरा रहेको बताउनुभयो । यो देशमा नराम्रो खाल्को कुटनैतिक छ त्यसलाई तोडे मात्रै यहाँ बसोबास आदिवासी जनजाति सबै समुदायलाई सुख दिलाउन सकिने कुरा राख्नुभयो ।

गुरुले भन्नुभयो आज आशीर्वाद माग्नु आउनु भएको छ । दियोबत्ति साक्षि छ , तपाईंहरुले पाउनु हुन्छ । मुख्यमन्त्रीको दाबेदार समेत रहेका आङ्बोलाई हाम्रो भक्तजनबाट र जनजाति सबै समुदायबाट राम्रो सहयोग हुने गुरुले बताउनु भयो । र, जितेर विकास गर्न समेत सुझाव दिएका छन् ।

जनतालाई जहिले सुख सुविधा र सूखी बनाउनु पर्छ भन्दै त्यो प्रति ध्यानदिन अनुरोध गर्नुभयो । जनताहरुमा मिलेर जान देशको रक्षा गर्नुपर्ने बताउनुभयो ।

दमकबाट माङ्सेबुङसम्म केवलकार बनाउनु पर्छ भनेर धेरैपटक कुरा उठाएको सुनाउनु भयो । पुजिपति तथा विदेशी दातृ संस्थाबाट नभए सरकारको सहयोगबाट पनि गर्न सकिने बताउनु हुदै झापा क्षेत्र नम्बर ५ ख उम्मेद्वार गगन पुरीलाई पहल गर्न अनुरोध गर्नुभयो । गुरुले भन्नुभयो दर्शन गर्न आउने भक्तजनहरुलाई सजिलो र सुविधा हुनेछ ।’

भोलि यहाँ त विदेशी नेताहरु आउन सक्छ । त्यस्को लागि पुर्व तयारी हुनुपर्ने र लजिङ फुटिङ बस्नको लागि सुविधा र सुरक्षाको व्यवस्था गर्ने सम्बन्धि ध्यान दिन ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो , माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष रेवतीराज पुरी, माओवादी केन्द्र इलाम जिल्ला सहइन्चार्ज हर्कबहादुर लावती ‘ कान्छा ‘ मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिम , निर्माण व्यवसायी अमर आङ्देम्बे , मिलन चेम्जोङ लगायत स्थानीय माओवादी केन्द्रका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

 

किरात धर्मगुरु गुरुनिजि आश्रम माङ्सेबुङ – ५ लारुम्बा अवस्थित गुरु दर्शनालयमा सम्पन्न भएको  कार्यक्रम किरात साम्यो नालीफूङ्वा पान्जुम्भोका पूर्व सचीव भगीहाङ नेम्बाङले सन्चालन गरेको थियोे ।

 

 

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : ४८ बजे