३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

विश्वलाई कसरी बचाउने भनेर चिन्तनमा छु – किरात धर्मगुरु



किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले विश्वलाई कसरी बचाउने भनेर चिन्तामा रहेको बताउनुभयो । अङ्सीमाङले भन्नुभयो, ‘त्यसैले मेरो दिमाग त्यसमा इङगेज भएको छ ।, ‘विभिन्न रोगब्याधि आयो भने मान्छे कसरी बचाउने हो भनेर चिन्ता  भएको छ ।’

किरात धर्म दर्शनदाता मुजिङगुम अङ्सीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औ जयन्तीको अवसरमा इलामको माङ्सेबुङ-५, निजि गुरु आश्रममा आयोजित २७ गते समापन कार्यक्रममा प्रदान गर्नुभएको विशेष प्रवचनमा किरात धर्मगुरुले सो कुरा बताउनु भएको हो ।

अङ्सीमाङले भन्नुभयो , ‘ श्रदालु भत्तजनहरु र प्यारो प्यारो मेरो चेलाचुलाहरु । र, तपाईहरु यस कार्यक्रममा महागुरु फाल्गुनन्दको जन्मजयन्तीको उपलक्ष्यमा हामी जम्मा भएका छौ ।’

आज तीन दिन भएको छ । महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाएको । महागुरुले जीवनभरी शंखघोष गरेको धर्म हामी भर्खरै संसारभर व्यापक हुन आटेको छ । र, महागुरुको दर्शन ज्ञान र विवेकहरु सबै प्रचार गर्ने काम भइराखेको छ । यसमा हामीले अनुसन्धान गरेका छौ ।’

देशमा संसारमा ठुला ठुला शत्तिशाली राष्ट्रहरुको शक्ति मुलुकको शक्ति  घट्दै जाने बताउनु भयो । मैले पन्चायतकालमा अब राजदरबार अन्तिम हुन्छ भनेको थिए । पत्याएन , पन्चायतवादीहरुले राजविरोधि अराजक सोच्यो । मैले भनेको दश बर्षमा पन्चायत ढल्यो । पन्चायत ढलेपछि अर्को संसदीय व्यवस्था आउछ भनेर तेतिबेला भनेको थिए । अहिले  संसदीय व्यवस्था आएको छ ।

विश्वमा शक्तिशाली राष्ट्रहरुको शक्ति माङले कन्ट्रोल गदै लाने बताउदै । दिन प्रतिदिन किरात धर्मलाइ प्रचार गर्ने संसारलाई चिनाउने पक्षमा लागेको बताउनु भयो ।

अङ्सीमाङले भर्खर हामीले बुझदै गरेको बताए । हाम्रो भाषा रहेछ धर्म रहेछ हाम्रो संस्कृती रहेछ र हामीले गर्नुपर्ने रहेछ भनेर भर्खर ब्युझनु लागेको बताउनु भयो ।

अंगरक्षकको महत्त्व
अंगरक्षकको अर्थ अब विश्व युद्ध हुन्छ । त्यतिबेला हामी जोगिनु पर्छ हामी मर्न त मान्दैनौ नि । हामीलाइ गोली वारुद नलागोस,आखीडाही नलागोस कसैलाइ गोली हान्दा नलागोस भनेर हामीले त्यसलाइ बनाएको छौ । त्यो बाड्ने गरेको छौ । तपाइहरुलाइ दिने गरेको छौ । त्यो पनि तपाइहरुको सामुन्ने उपलब्ध छ । यो खेलाची होइन । यो म भइन्जेल गर्छु ।

माङसेलुङ किन चाहिन्छ ?
माङसेलुङ भनेको हामी जिउदो भइन्जेल माङगेन्ना गर्नुपर्छ । त्यसो र हाम्रो शिर उठाउनु पर्छ । र हामी मरेर परमधाम गएपछि त्यो हाम्रो शिरमा लगाएर हामी परमधाम जानुपर्छ । यो मुक्तिको बाटो हो । मुक्तिको एउटा निसान हो । त्यसले गर्दा त्यो पनि उपलब्ध छ ।

फाल्गुनन्द जयन्तीमा नाम्लिङगे लारिङगे

किरात धर्म दर्शनदाता मुहिङगुम अङ्सीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औ जयन्तीको अवसरमा इलामको माङ्सेबुङ-५, निजि गुरु आश्रममा आयोजित कार्यक्रममा नाम्लिङगे लारिङगे खेलेर फाल्गुनन्द जयन्ती मनाइएको छ ।

ताप्लेजुङको पुङ्लिङ बजारमा केन्द्रीय समारोह कार्यक्रम समापन फिर्तिसवार पश्चात अङ्सीमाङ तथा अङ्सीमामाङहरुको देव उपस्थितिमा गुरुनिजि आश्रममा कात्तिक २५,२६ र २७ गते नाम्लिङगे लारिङगे खेलेर तीन दिनसम्म फाल्गुनन्द जयन्ती हर्सोल्लासका साथ मनाए ।

अङ्सीमाङ तथा अङ्सीमामाङबाट माङ्वाहाङ्वा
विसौ शताब्दीका महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द १३८ औ जयन्तीमा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा महिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरु समक्ष सावायेहाङ किरातहरुको लागि माङ्वाहाङ्वा माग्ने कार्यको सुरुवात भएको छ ।

सोहि अवसरमा किरात धर्मगुरु गुरुआमाको स्वागतार्थ गुरुनिजि आश्रममा १३८ वटा तामाको गाग्री र महागुरु फाल्गुनन्दको सम्झना र सम्मानमा १ हजार ८ दीप प्रज्वलन, विश्व शान्ति तथा मानव एकताको लागि महाबत्ती बालिनुको साथै जलपान कार्यक्रम, माङ्वाहाङ्वा वितरण र साझमा घरघरमा दिपावली ,फाल्गुनन्दको सम्झ्नामा नाम्लिङे लारिङ्गे खेल्ने अङ्सीमाङ तथा अङ्सीमामाङको माङ आज्ञा बमोजिम मनाउन सुरु गरिएको गुरुनिजि कृषि समितिको सचिव उदयविक्रम तुम्बापोले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ५३ बजे