६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

स्वस्तिका र दिलिपको आवाजमा ‘म त आको कान्छा’ गीतको रेकर्डिङ सम्पन्न



माङ्सेबुङ । गायीका स्वस्तिका सावदेन  र गायक दिलिप लिम्बूको आवाजमा ‘म त आको कान्छा’ रोमान्टिक डान्सिङ गीत शुक्रबार दमकस्थित काव्य  रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको छ  ।

त्यस्तै गीतकार समिर राईको शव्द र गायक तथा संगीतकार राज शुक्र लिम्बूको संगीतमा सजिएको गीत ‘म त आको कान्छा’ गीतको रेकर्डिङ कार्य सम्पन्न गरीएको हो ।

दमक , झापामा रेकर्डिङ कार्य सम्पन्न गरिएको गीतलाई भिडियो निर्माण गरि आगमी मंसिर अन्तिम सातातिर सार्वजनिक गर्ने गायक सावदेनले बताए ।                                                                                                               गीतकार, गायक तथा संगीतकार प्रकाश सावदेनको निर्माणमा भिषन मानन्धरको संगीत संयोजन तथा ताराबीर पान्डेले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ भने अशोक थापाले गर्ने भएका छन् ।

 

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ४५ बजे