७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्वकप : अर्जेन्टिना साउदी अरेबियासंग २-१ ले पराजित



माङ्सेबुङ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पहिलो खेलमै साउदी अरेबियासंग २–१ ले अर्जेन्टिना पराजित भएको छ ।

खेलको १० औ मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीमा लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको दोस्रो हाफमा साउदीका सलेह अलसहरीले ४८ औं मिनेटमा गोल गर्दै साउदीलाई बराबरीमा पुर्याएका थिए ।

त्यस्तै साउदीका सलेम अलडवसरीले ५३ औं मिनेटमा गोल गर्दै साउदीले २–१ ले अग्रता बढाएका थिए । विश्वकपको पहिलो  खेलमै साउदी अरेबिया विरुद्ध अर्जेन्टिनाले  हार ब्यहोरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ०५ बजे