किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ ।
माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शनिबार आज दिउँसोको ३ बजे हुने फाइनल खेलमा छथर गाउँपालिका तेह्रथुम र तिजोक फुटबल क्लव पाँचथरबिच प्रतिष्पर्दा गर्दैछन् ।
त्यस्तै फुटबलका अतिरिक्त खेलहरु म्याराथन लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ छेलो हान्ने, धनुकाँड, कराँते लगायतका खेलहरु मंसिर १८ गते बिहानको ७:०० बजेदेखि आयोजना हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप फुटबल प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ क्लबहरुको सहभागीता जनाएको थियोे ।
फाइनल विजेताले टिमले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।