७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप : आज कन्काई झापा र जनता सेभेन इलामबिच प्रतिस्पर्धा हुदै



माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज बिहिबार कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलामबिच प्रतिस्पर्धा हुदैंछ ।

इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने प्रतियोगितामा कन्काई झापा र सुर्योदय इलामबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद रु २ लाख १ सय ६७ रुपैयाँ  र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ  प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ६ : ०९ बजे