६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङ्सेबुङमा ‘माङमालुङ कृषि तथा पर्यटन महोत्सव’ हुने



किरात समाचार ।  इलामको माङसेबुङमा नयाँ  बर्ष २०८० को शुभ अवसरमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समितिको  आयोजनामा स्थानीय कृषि उत्पादन र माङमालुङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले  वैसाख १ र २ गते कृषि महोत्सव  आयोजना हुने भएको हो ।

महोत्सवमा माङ्सेबुङ गाउँपालिकामा रहेका स्थानीय कृषि जन्य उत्पादनको प्रदर्शन गरिनेछ । त्यस्तै स्थानीय उत्पादन  बजारीकरणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने आयोजकले विश्वास लिएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ ।   सो महोत्सवमा मेलिन राई, ताराप्रकाश लिम्बू, रुक्साना लिम्बू, नुमा राई, निमा तामाङलगायत अन्य स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहनेछ ।

त्यस्तै माङमालुङ कृषि तथा पर्यटन महोत्सव किरण कुमार राईको अध्यक्षतामा आयोजक समिति गठन गरी तयारी तीब्र पारिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : २१ बजे