किरात ज्योतिर्विद् रन्धोज नेम्बाङको १०५औं जन्मजयन्तीको अवसरमा उहाँको शालिक अनावरण हुने भएको छ।
झापाको दमक नगरपालिका-३ दुम्सेमा निर्माण गरिएको नेम्बाङको पूर्णकदको शालिक पुस १९ गते अनावरण हुने रन्धोज नेम्बाङ ‘रेडसाङ’ स्मृति प्रतिष्ठानका अध्यक्ष दलबहादुर नेम्बाङ जानकारी दिनुभयो। सोही अवसरमा उहाँको जीवनी लोकार्पण, साहित्य र ललितकला विधाका स्रष्टा सम्मान‚ कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम पनि हुने प्रतिष्ठानले जनाएको छ।
वि.सं. १९७४ पुस १५ गते पाँचथरको याम्बोडमा जन्मिनुभएका नेम्बाङ महागुरु फाल्गुनन्द लिङ्देनका चेला हुनुहुन्थ्यो। उहाँ मुन्धुम, इतिहासबारे जानकारी हुनुहुन्थ्यो। यस्तै, चित्रकार, मुर्तिकार पनि हुनुहुन्थ्यो।



