६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

लण्डनमा याक्वा उभौली पुजा सम्पन्न



किरात समाचारः किरात सत्यहाङमा महागुरु फाल्गुनन्द सोसाईटी युकेको आयोजनामा लण्डनमा यक्वा सेवा(उभोली) सम्पन्न भएको छ ।

गत शनिवार बेलायतको लण्डन फेल्ठामा माननीय तारा देवी राईको प्रमुख आतिथ्यमा याक्वा सेवा सम्पन्न भएको हो ।

सेवामा प्रमुख अतिथि र संस्थाका अध्यक्ष रतनकुमार चेम्जोङ समेतले दिप प्रजलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले आफ्नो संस्कार र संस्कृतिको रक्षर्थ यस्ता कार्यक्रम गरेर आफूहरु पनि सहभागी हुन पाएकोमा आयोजकप्रति धन्यवाद  ज्ञापन गरेका थिए ।

कार्यक्रममा कि.या.चु युकेका कोषाध्यक्ष दीपेन्द्र यक्सो, रस्मोर शाखा सचिव कृष्ण योङहाङ, लण्डन सीनियर शाखा अध्यक्ष चन्द्रबहादुर लिङ्देन, थाकथकुहाङ माबोहाङ चेम्जोङ समाज बेलायतका अध्यक्ष नेत्र चेम्जोङ र किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायत का अध्यक्ष राम कुमर सिंथेबे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : १० बजे