२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

जसपा प्रदेश सरकारबाट बाहिरियो, स्वास्थ्यमन्त्री तावाले दिइन् राजीनामा



विराटनगर । प्रदेश नं. १ को पुनः नामाङकन हुनु पर्ने माग सहित आन्दोलन चर्किरहेको बेला प्रदेश स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले पदबाट राजीनामा दिएकी छन् ।

जसपा प्रदेश समितिको बुधबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्री लिम्बूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् ।

राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् । उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले दावी गरिन् ।

यसैगरी जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  २ : ५९ बजे