८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

मदन राई धरौटीमा रिहा



उर्लाबारी । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम्) का संस्थापक मदन राई रिहा भएको छ । यौन दुर्व्यवहारको आरोप लागेका राई धरौटीमा रिहा भएका हुन् ।

जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले  राईलाई सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको थियोे । उनले चार लाख धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।

खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख सङ्गीता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।

 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : ३७ बजे