विराटनगर । प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच वार्ता हुने भएको छ । सोमबार सरकार र संघर्ष समितिबीच विराटनगरको बिग होटलमा वार्ताको तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।
प्रदेशको नाम कोशी खारेज गरि पहिचानको आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै आन्दोलनरत पहिचान पक्षधरले आइतबार वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलिमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेको वार्ता टोली बनाएको छ ।
कोशी प्रदेश सरकारले आन्दोलन पक्षसँग वार्ता गर्न मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । त्यस्तै सदस्यमा मन्त्रीहरु भक्तिप्रसाद सिटौला र वुद्धिकुमार राजभण्डारी रहेका छन् ।


