माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले किसानलाई रेड नेपियर १२ हजार सेट, स्मार्ट नेपियर २३ हजार सेट वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को पशुसेवा शाखाको बजेटबाट किसानहरुलाई रेड नेपियर १२ हजार सेट र स्मार्ट नेपियर जातको ११ हजार घभसको बिरुवा वितरण गरेको हो ।
किसानहरूलाई व्यवसायिक बनाउनको निम्ति यो रेड नेपियर र स्मार्ट नेपियरले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको विश्वास रहेको छ । रेड नेपियर घासॅको विरूवामा ५ दशमलव २० प्रतिशत प्रोटिन हुन्छ । क्रुड फ्राईबर राम्रो हुने भएकाले पनि यो जात अत्यन्तै उपयोगि छ। स्मार्ट नेपियर एक वर्षमा काटेर खुवाउदा पनि सबै नरम हुने भएकोले कतिपनि घाँस खेर जादैन । यिनिहरुको पात पनि बाक्लो र नरम हुन्छ। झुसको मात्रा कम हुन्छ भने गुलियो पन धेरै हुन्छ र दुधको मात्रा पनि बढाउछ । छिटो फैलिने हुनाले पनि किसानहरूले धेरै फाईदा लिन सक्छ।
घाँसको बिरुवा वितरण गर्नुहुदै गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रसासकीय अधिकृत विनोद चौहान, वडाध्यक्ष जनम खम्बु, आर्थिक विकास समिति संयोजक सुसन रुङमाहाङ, प्रशु चिकित्सक मनोज ठगुन्ना, पशु प्राविधिक भेषराज भट्टराई, प्रविण मुखिया लगायतले घाँसको सेट वितरण गरेका थिए ।



