दमक । झापाको विर्तामोडस्थित आदर्श ब्याङक्वेट पार्टी प्यालेसको सभाहलमा पहिचान ,संघियता र संमृद्धि विषयक अभिमुखिकरण कार्यक्रम साउन ६ गते सोमबार सम्पन्न गरिएको छ ।
प्रदेश नंं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाको आयोजनामा भएको कार्यक्रममा वेस्टर्न मिचिगन युनिभर्सिटीका प्राध्यापक डा.महेन्द्र लावतीले पहिचान , संघीयता र समृद्धिको विषयमा विभिन्न मुलुकमा भएको संघिय मोडलको वारेमा प्रष्ट्याउनु भएको थियो । वहाँले अन्य मुलुक जहाँ संघियता लागु गरिएको छ त्यो मुलुकमा अत्यन्तै बढी विकास भएको समेत बताउनुभयो । नेपालमा लागु गरिएको मोडल नक्कली संघियता भएको समेत दावी गर्नुभयो ।

अबको समय पहिचानको भएको दावा गर्नुहुँदै पहिचान भन्ने तत्व धनी, गरीब र माध्यम वर्ग सबैको आवश्यकता हो भन्ने कुरा सुझाउनुभयो । जबसम्म देशका सम्पूर्ण नागरिकले धर्म, भाषा, संस्कार, संस्कृति सहितको राज्यप्रति अपनत्वको महशुस गर्दैनन् तबसम्म मुलुकमा संमृद्ध हुन नसक्ने दावी गर्नुभयो ।
वहाँले पहिचान , संघीयता र समृद्धिको वारेमा ३ घण्टा लामो मन्तव्य राख्नुहुँदै प्रदेश नं. १ मा उठेको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको निमित्त जनताको आधारभूत आवश्यकता र अवस्थालाई पनि जोडेर राजनैतिक शक्ति निर्माण गरेर अघि बढ्न समेत सुझाउनुभयो । कार्यक्रमलाई रोचक रूपमा अघि बढाउन विशेष सहयोग गर्दै फरक आयामका कवि साङ्सेन पन्धाकले पहिचानवादी कविता बेजोडका साथ प्रस्तुत गरेका थिए ।

अत्यन्तै सौहार्द वातावरणमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, डिक्याट अध्यक्ष त्रिनारायण राजवंशी, जसपा झापा अध्यक्ष दिपेनवाला राई, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च झापा अध्यक्ष राजा आङ्थुप्पो, नेफिन झापा पूर्व अध्यक्ष प्रेमसिं घिसिङ्, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा झापा अध्यक्ष जनबहादुर जवेगु लगायत १५ वटै स्थानीय नगर र गाउँका संघर्ष समितिका अध्यक्ष र पहिचानवादी जनमानसको व्यापक उपस्थिति भएको थियो ।

प्रदेश नं.पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापा संयोजक पाण्डवलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघर्ष समितिका सह(संयोजक जनबहादुर जवेगुले स्वागत मन्तव्य राखेका थिए भने प्रदेश नं। १ पुनस् नामाङकन संयुक्त संघर्ष समिति झापा सह सदस्य सचिव लक्ष्मणज्वेलर्स श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।


