६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

धरानमा निषेधाज्ञा जारी



धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घन्टे निषेधाज्ञा जारी  गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी निषेधित क्षेत्र तोकिएको छ ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको आदेशमा भनिएको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : ४६ बजे