६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

अमेरिकाका किरात धर्मावलम्बीहरु माङसेबुङ भ्रमण गर्दै



किरात समाचार : अमेरिकाका १ सय किरात धर्मावलम्बी माङसेबुङ आउने भएको छ ।
भ्रमणमा केसिओए अमेरिकाका अध्यक्ष राजु इधिङगो, सचिब मिरा लोहोरुङ राई, पुर्व अध्यक्ष सुकमान सुहाङलगायतको टोली आगमी मसिर पहिलो हप्ता आउने भएको हो ।
अमेरिकास्थित किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका आइएन्सी फेसबुक ग्रुपमा माङसेबुङ भ्रमण २०२३ नाम दिदै ५५ जनाको नाम सार्वजानिक भई सकेको छ।
भ्रमणको क्रममा विभिन्न कार्यक्रमको सार्वजानिक समेत गरेका छन् ।
कार्यक्रमहरू किरात धर्म गुरू र गुरूआमा संगको दर्शन भेट मंसीर ८ गते शुक्रबार (November 24, 2023) माङसेबुङ मुजोत्लुङ माङहिममा सामूहिक सेवा मंसीर ९ गते शनिवार (November 25, 2023) किरात धर्म तथा साहित्य उत्थान संघ र माङगेन्ना सेवा समितिहरू संग भेटघाट, भेला र छलफल मंसीर १० गते आईतबार (November 26,2023),बेल्डाँगी १ माङपोक्लुङ माङहिममा सेवा तथा कार्यक्रम मंसीर १२ गते मंगलवार र सेवासावाहरूको तेजबहादुर थलङबाट प्रशिक्षण र भेला मंसीर १३ गते बुधवार (November November 28-29, 2023) 5,KCOA को प्रायोजन यानकी KCOA को बेनरमा बेल्डाँगी क्याम्प कमिटीहरूले महिला र पुरूष दुबै समूहको Inter Sub-Sector Soccer Tournament मंसीर १३ देखि १५ सम्म, पथरी शिविरमा सेवा मंसीर १६ गते शनिवार (December 2, 2023) र अत्यमा गुरू दशर्न भेट रहने जनाएको छ ।
KCOA को यो विशेष महत्वपूर्ण भ्रमण रहने जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ३७ बजे