८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

गैर आवासिय नागरिकता लिने बिजेन्द्र इलामबाट पहिलो व्यक्ति



इलाम । जिल्ला प्रशासन कार्यालय इलामबाट पहिलो पटक गैर आवासिय नागरिकता वितरण गरिएको छ । इलाम नगरपालिका(६ स्थायी ठेगाना भएका अमेरिकी नागरिक बिजेन्द्र गुरुङलाई नागरिकता वितरण गरिएको हो ।
गुरुङलाई जिल्ला प्रशासन कार्यालय इलामले कानुन बमोजिम प्रक्रिया पुर्याए पश्चात पहिलो पटक गैर आवसीय नेपाली नागरिकता प्रदान गरिएको जनाइएको छ । उनलाई गत कार्तिक २१ गते प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नागरिकता प्रदान गरे ।
नेपालको संविधानको धारा १४ को संवैधानिक व्यवस्था भए बमोजिम कार्यविधि कानुन बने पश्चात नागरिकता वितरण गरिएको हो । नेपाल नागरिकता ऐन २०६३ ९पहिलो संशोधन० र नेपाल नागरिकता नियमावली, २०६३ ९तेस्रो संशोधन० बमोजिम देशैभरीबाट नागरिकता वितरण गर्न सुरु गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  १२ : ३३ बजे