७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माईपोखरी त्रिधार्मिक उत्सव उद्घाटन



इलाम । पर्यटकिय रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको हो ।

त्रिधार्मिक पर्यटन उत्सवमा किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए । धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा परिचित माईपोखरी रामसार क्षेत्रमा सुचिकृत भएको छ ।

माईपोखरी धार्मिक पर्यटकीय क्षेत्रमा पुग्न इलाम सदरमुकामबाट १८ किलोमिटर दूरीमा रहेको छ । माईपोखरी धार्मिक र पर्यटकीय क्षेत्रमा महोत्सवका लागि पर्यटकहरु आउने क्रम पनि शुरु भएको छ । धार्मिक पर्यटन उत्सवमा ९ दिन नै बसेर पोखरीमा ध्यान गर्ने, पुजा गर्ने भक्तजनहरु र धर्मगुरुहरु आउने क्रम बढेको छ । त्यस्तै नेपाल, भारत र भुटान सम्मका १० लाख बढी पर्यटक भक्तजत भित्रयाउने लक्ष्य रहेको आयोजक समितिको रहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ३५ बजे