७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गजुरमुखी गोल्डकप : पावा, देउमाई र माङसेबुङको विजयी सुरुआत



माङसेबुङ । गजुरमुखी पर्यटन विकास समितिले आयोजना गरेको  प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ आज बुधबारदेखि प्रारम्भ भएको छ । माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाम खेलमैदानमा आज पहिलो दिन तीन खेल सम्पन्न भएको थियो ।

गजुरमुखी गोल्डकपको उद्घाटन खेल एकतप्पा एफसी र पावा एफसीबीच भएको थियो । खेलको निर्धारित समयमा हारजित नभएपछि टाइब्रेकरमा हराउँदै पावा एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्दोस्रो खेलमा माङसेबुङ १ लाई ३ -० गोल अन्तरमा जित निकालदै माई ९ अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यसैगरी तेस्रो खेलमा बीवाईसी धुसेनीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै माङसेबुङ गाउँपालिका अघिल्लो चरणमा प्रवेश गर्यो ।

विहीबार भोली हुने प्रतियोगितामा तीन खेल संचालन हुनेछन् । पहिलो खेलमा फुएतप्पा एफसी र चिबुवा एफसी, दोस्रो खेलमा फाकफोकथुम ४ र आमचोक तथा तेस्रो खेलमा आङदाङ एफसी र जनसाहित्य एफसी भिड्दैछन् ।

गजुरमुखी पर्यटन विकास समितिले आयोजना गरेको गजुरमुखी मेला गोल्डकपमा १६ फुटबल टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५र५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ३३ बजे