७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पहिलो हाफमा पाँचथर र धनकुटा बराबरी



इलाम । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज शनिबार तिजोक युवा क्लब, पाँचथर र धनकुटा  फुटबल संघको खेल पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको छ ।

खेलको ८ मिनेटमा धनकुटा फुटबल क्लबका क्याप्टेन जर्सी नम्बर ७ का बुद्ध चेम्जोङले १ गोल गर्दै धनकुटालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको तिजोक युवा क्लबले खेलको २१ मिनेटमा जर्सी नम्बर १० का खेलाडी रितिक आङदेम्बेले एक गोल गर्दै खेल बराबरीमा पुर्याएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अतिरिक्त खेल तर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ,छेलो हान्ने, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, कराते लगायतका खेलहरु समेत संचालन हुनेछ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय  ७० रुपैयाँ पुगेको हो

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : ५५ बजे