६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

गुरु आश्रममा सप्ताहव्यापी सावायेहाङ लाधुङसेमी सेवा कार्यक्रम समापन



माङसेबुङ । इलामको माङसेबुङ ५ अवस्थित निजी गुरु आश्रममा सप्ताहव्यापी सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा कार्यक्रम समापन गरिएको छ ।

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा  मंसिर ५ गतेदेखि निजी गुरु आश्रममा सुरु गरिएको सावायेहाङ मुबेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा नु गुरुकुल परिवार माङगेन्ना सेवा आज आइतबार अङसीमाङ र अङसीमामाङको हस्तबाहुलीबाट फुलमाला ग्रहण कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको माङसवारीमा सम्पन्न फुलमाला कार्यक्रममा अङसीमाङले अमृतमय आशिर्वचन समेत प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिको अध्यक्ष केहेरसिं योङहाङले महाबत्तीमा दिप प्रज्वलन गरी कार्यक्रम उद्धघाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपालको विभिन्न जिल्लाहरुबाट किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो । त्यस्तै  झापा , मोरङ सुनसरी,धनकुटा , पानथर, ताप्लेजुङ, इलाम , तेेह्रथुम,  काठमाडौ उपत्यका लगायतका भक्तजनहरुले फलमाला ग्रहण गरेका थिए ।

यसैगरि अमेरिका , हङकङ, बेलायत , भारत, भुटान , आसाम, दार्जिलिङ लगायत विभिन्न देेेश किरात धर्मावलम्बीहरुले अङसीमाङ तथा अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट फूलमाला ग्रहण गरेको थियो ।

कार्यक्रम गुरु निजि कृषि समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यकम सचिव लाबुनहाङ केरुङले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : १४ बजे