७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ ५ न. वडाले आज किरात लिम्बू भाषा कामकाजी घोषणा वार्षिक उत्सव मनाउदै



माङसेबुङ । इलामको माङ्सेबुङ  ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे  बार्षिक उत्सव मनाइने भएको छ ।

माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बामा आज बुधबार पाँचौ वर्ष पूरा भएर छैटौं वर्षमा प्रवेश गरेको दिन विविध कार्यक्रमबिच  बार्षिक उत्सव मनाइने भएको हो ।

किरात धर्मगुरु महिङगुम अङ्सीमाङ लिङदेन आत्मानन्द सेईड तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देवसमुपस्थितिमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा बार्षिक उत्सव भव्य रूपमा मनाइने माङ्सेबुङ ५ का दोभासे कर्मचारी सुनिल सेर्मा लिम्बूले जानकारी दिए ।

किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको ऐतिहासिक मंसिर १३ गतेका दिन प्रत्येक बर्ष हर्षोउल्लासका साथ वार्षिक उत्सवको रुपमा मनाउदै आएको दोभासे कर्मचारी लिम्बूले बताए ।

माङसेबुङ ५ नम्बर वडाको १५ वटै टोलहरुमा साँझ दिप प्रज्वलन गरिने कार्यक्रम समेत रहेको पनि आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : ३३ बजे