७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : दार्जिलिङलाई पराजित गदैं तिजोक पान्थर फाईनलमा



माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको फाईनलमा तिजोक युवा क्लव पान्थर प्रवेश गरेको छ । आज बुधबार आत्मानन्द रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा पाहुना टोली एमएफसी दार्जिलिङ भारतलाई ३–० गोल अन्तरले पराजित गदैं तिजोक पान्थर फाईनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा खेलेको पान्थर दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको थियो । खेलको १७ औं मिनेटमा बिनोद धमलाले उत्कृष्ट गोल गर्दै पान्थरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा पान्थरका निर्देश राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम ३५ औं मिनेटमा योगेन कार्कीले गोल गर्दै तिजोक पान्थरलाई ३–० को शानदार जित दिलाए ।
आत्मानन्द कपको फाईनलको यात्रा तय गरेको तिजोक पान्थरले उपाधिको लागि माङसेबुङ गाउँपालिकासँग मंसिर १७ प्रतिस्पर्धा गर्नेछ ।
खेलको म्यान अफ दी म्याच विजेता टिम पान्थरका बिनोद धमला घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा इलामको माङसेबुङमा सञ्चालन भईरहेको १६ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ७०

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : २५ बजे