७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ७० औ जन्मोत्सवमा सार्वजनिक विदा



माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिने भएको छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी र गैरसरकारी संस्थहरु र बैंक तथा वित्तीय क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

अघिल्लो वर्षहरुमा समेत स्थानीय सरकार गठन भए यता गुरु लिङ्देनको जन्मोत्सवमा सार्वजनिक बिदा हुँदै आएको पालिका स्रेतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ४१ बजे