१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

किरात गोल्डकप : आयोजक पाँचथर फुटवल क्लवको विजय सुरुआत



पाँचथर । प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुआत गरेको छ ।

शनिबार आजदेखि सुरु भएको किरात गोल्डकपको उद्घाटन खेल फिदिम खेलमैदानमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को गोलअन्तरले जीत निकाल्दै पाँचथरले विजय सुरुआत गरेको हो। खेलको ४३ औं मिनेटमा पाचँथरका खेलाडि सुकराज राईले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको अतिरिक्त समयमा बिशाल भण्डारीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको अतिरिक्त समयमा तेह्रथुमको तर्फबाट खेलेका दुई विदेशी खेलाडी ग्लोरी र पेपेलाई अभद्र व्यवहार देखाएको भन्दै प्रमुख रेफ्रि राजु थापा मगरले क्रमशः रातो कार्ड देखाएका थिए। त्यसपछि मैदानमा तनाब सिर्जना भएको थियो । तेह्रथुमका अफिसियल मैदानभित्रै प्रवेश गरेका थिए।

खेलको अत्तिरिक्त समय सकिन करीब दुई मिनेट बाँकि हुँदा मित्तेरी फुटवल क्लव तेह्रथुमको खेलाडीले मैदान छाडेर हिंडेपछि प्रमुख रेफ्रि राजु थापा मगरले अन्तिम ह्वीसेल बजाएसँगै पाँचथर २–० ले विजयी बनेको हो। खेलको म्यान अफ् दि म्याज पाँचथर फुटवल क्लबका विशाल भण्डारी बने। उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

भोली मंसिर १७ गते रेडहर्ष फुटवल क्लव इलाम र बिर्तामोड युनाइटेड क्लव झापाबीच फिदिम खेलमैदानमा १ः३० बजे खेल सुरु हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : २७ बजे