७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ सहकारीद्वारा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी सम्मानित



माङ्सेबुङ । इलामको माङसेबुङ ५ स्थित रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋण भुक्तानीलाई सम्मानित गरेको छ।

संस्थाको १८ औ वार्षिक साधारणसभाको अवसरमा शनिबार माङसेबुङ ५ अवस्थित सामुदायिक भवनमा भएको बार्षिक साधरणसभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋण भुक्तानी लाईसम्मान गरेको हो।

सहकारीमा बचत गरी संस्थाको आर्थिक हैसियतमा योगदान दिने उत्कृष्ट बचतकर्ता आइतराज थोक्लिहाङ लिम्बूलाई संस्थाको वार्षिक साधरणसभाको अवसरमा सम्मानित गरिएको छ।

यसैगरी सहकारीको  नियमानुसार ऋणको कारोबार गर्ने उत्कृष्ट ऋण भुक्तानीमा कविता राईलाई सम्मानित गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले सम्बोधन गर्दै सहकारीले आर्थिक विकासमा सकारात्मक योगदान पुर्याएको बताए । नेम्वाङले पालिकामै सहकारीले राम्रो आर्थिक कारोबारको काम गर्दै गएकोमा प्रशंसा समेत गरेका छन्।

संस्थाका अध्यक्ष राजेन्द्र खजुमको सभापतित्वमा भएको कार्यक्रममा ,बचतकर्ताहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : ०४ बजे