माङसेबुङ। विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ आइपुगेका पदयात्रीलाई आइतबार निजि गुरुआश्रममा भब्य स्वागत गरिएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ज्युको देव समुपस्थितिमा माङसेबुङ ५ स्थित निजि गुरु आश्रम दर्शनालयमा आइतबार कार्यक्रमको आयोजना गरी पदयात्रीहरुलाई भब्य स्वागत सम्मान गरिएको हो ।
आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबार धार्मिक पदयात्रा सुरु गरेका थिए । पदयात्रामा सुमन लोहोरुङ राई, पन्च बहादुर रुम्दाली राई ,अमित कुमार साबा , सन्त बहादुर मिभक रहेको छन् ।
अङसीमाङले चार जना पदयात्रीलाई फुलमाला लगाईदिनु भएर स्वागत गर्नुभएको थियो । सो अवसरमा मुहिङगुम अङसीमाङले आशीर्वाद आशीर्वचन समेत प्रदान गर्नुभयो ।
आसामबाट सुरु गरेको पदयात्राको ३६ औ दिनमा इलामको माङसेबुङ आइपुगेका पदयात्रीहरुलाई किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना समितिद्वारा सम्मान गरीएको छ ।
उक्त कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, गुरुनिजी सचीव टङक लिङ्देन , शक्ति साबा तुम्याहाङकोरुपमा रहेको कार्यक्रम उदय विक्रम तुम्बापोले सञ्चालन गरेका थिए ।
भिडियो