६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

आसामको सरलपाडामा भोलि इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्ती मनाइदै



आसाम : इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्ती आसामको कोक्राझार जिल्ला सरलपाडामा भोली सोमबार कार्यक्रम हुँदैछ ।

किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा चेम्जोङको जन्मजयन्ती र लाधुङसेमी सेवाको आयोजना गरिएको संघका शाखा समिति अध्यक्ष सुनिल दिबुसा वान्तावा राइले जानकारी दिए।

विगतको वर्षदेखि नै अंग्रेजी सम्वत जनवरी १ तारिक नयाँ वर्षका दिन चेम्जोङको योगदानको चर्चा गर्दै जन्मजयन्ती र लाधुङसेमी सेवा माङहिमको प्राङ्गणमा मनाइँदै आएको छ । उक्त कार्यक्रम सरलपाडामा सन २०२४ नयाँ वर्षको दिन उनको योगदानको चर्चा गर्दै मनाइने गरिएको हो ।

नेपालमा इमानसिंह चेम्जोङको प्राज्ञिक योगदानको उच्च मूल्याङ्कन गर्दै बि:स २०५५ सालमा तत्कालीन सरकारले उनको सम्मानमा १ रुपैयाँको हुलाक टिकट जारी गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ४ : ०८ बजे