७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्व, ब्रह्माण्ड र महाप्रलयबारे भविष्यवाणी बजारमा



किरात समाचारः किरात प्रज्ञा प्रतिष्ठानले कक्फेवा तङनामको अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेनज्यूले प्रदान गर्नुभएको भविष्यवाणी विक्रिमा ल्याएको छ ।

स्थापनाको दुई वर्ष प्रबेश   संगै प्रतिष्ठानले किरात लिम्बु– नेपाली, अंग्रजी शब्दकोष, किरात लोक कथामा आधारित किरात पाङखेदा, फाल्गुनन्द माङसिवाखाहुन र किरात महाकाव्य हाङवा चोत्लुङ र भविष्यवाणी बजारमा ल्याएको हो  ।

विश्व, ब्रह्माण्ड र महाप्रलयबारे वि.सं. २०४९ सालमा प्रदान गर्नुभएको भविष्यवाणीको पृष्ठ ४० पेजमा संग्रहित पुस्तकको मुल्य १०० रहेको छ ।

भविष्यवाणीमा विश्वको आयु तथा महाप्रलय, महाप्रलयको आकार, रुपरेखा र पुनर्सृष्टि, महाप्रलयबारे किरात सशी मुन्धुम भन्दछ, भारत पाकिस्तान युद्ध, भारत टुक्रिने, महाशक्तिशाली अमेरिकाको शक्ति टुक्रिन्छ, पश्चिमा युरोपेली राष्ट्रहरु चकनाचुर, मानव विनाशकारी तेस्रो विश्वयुद्ध, नेपालका भूपू सैनिकहरु विदेशमा, अग्नि शक्ति तीब्र, २४÷२५ वर्षभित्रमा २÷२ माइलमा मात्र मान्छे शिर्षक उल्लेख गरिएको छ ।

यस्तै, पृथ्वीको दक्षिण मैदानी भूभाग साह्रै अँध्यारो, महा शक्तिशाली चट्याङ, सत्य अहिले तोलामा १ लालमात्र, महाआँधीबेहरी, पृथ्वी बिमार, घर एकतले मात्र, शक्तिशाली धर्महरु समाप्त, नया“ धर्मदर्शनको राज, महाप्रलयकारी भूकम्प, भूकम्प आउने संकेत, सूर्यको तापक्रम तेज, ६ महिना घाम ६ महिना पानी, सूर्यको चाप चीन र अमेरिकामा बढी, हिमाल पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब हुने, भयंकर महाअनिकाल अन्नको सह घट्दै जाने लगायत अन्य धेरै शिर्षकहरु रहेको भविष्यवाणी समेत संग्रहित गरिएको छ ।

यस्तै कोभिड १९ ले गर्दा लकडाउनमा रहेका किरात धर्मावलम्बीलाई भर्चुअल मार्फत किरात धर्मबारे जानकारी गराउने उद्धेश्यले स्थापना भएको भर्चअल्ली कनेक्टिङ किरात नामक डिजिटल प्लेटफार्म स्थापना गर्दै किरात धर्मबारे क्रियाकलाप साथै पुस्तक प्रकाशन गर्दै आएको छ ।

भर्चअल्ली कनेक्टिङ किरातले लामो समय सम्म प्रकाशनको पर्खाइमा रहेको किरात स्मृति ग्रन्थ र किरात धर्मगुरुद्धारा विभिन्न स्थानमा प्रदान गर्नुभएको धर्मोपदेश भाग १ देखि २६ प्रकाशनमा ल्याएको हो ।

कनेक्ट किरातले यसवर्ष खिबेक्वा याक्वा सेवाको अवसरमा धर्मोपदेश भाग २८ र २९ प्रकाशन गर्दै, किरात वर्णमाला समेत बजारमा ल्याएको छ ।

 

यस कनेक्ट किरातको परिकल्पना बेलायत निवासी किरात धर्मका अध्यक्ष रामकुमार सिंथेबे र काठमाण्डौ निवास किरात धर्म उपाध्यक्ष माङमिङसोहाङ लिङदेनले गरेका हुन ।

किरात वर्णमाला, भविष्यवाणी, धर्मोपदेश भाग २८ र २९, स्मृति ग्रन्थ, किरात शव्दकोष पुस्तक आफ्नो प्रति सुरक्षित गर्न कर्ण थेबे ९८४४६००११२ र सुमन लाओती ९८४२६८८३७२ गुरु आश्रम मुल गेट, किरात प्रज्ञा प्रतिष्ठानको विक्रि कक्ष माङसेबुङ ५ इलाममा पाउन सकिने छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : ४७ बजे