११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

शिविरमा जचाउने बिरामीलाई आमा डेन्टल केयरमा विशेष छुट



किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवमा सञ्चालित निःशुल्क दन्त परीक्षण शिविरमा परीक्षण गर्नेहरूलाई आमा डेन्टल केयर प्रालिले विशेष छुट प्रदान गर्ने भएको छ।

झापाको दमक नगरपालिका-६ थानारोड र वडा नं. १ रबी स्टेन्डगेटमा रहेको आमा डेन्टल केयरले ओपिडी‚ डेन्टल एक्सरे लगायत सेवामा छुट दिने भएको हो। शिविरमा दन्त परीक्षण गर्ने बिरामीहरूलाई नि:शुल्क ओपिडी सेवा दिने भएको छ। यस्तै, डेन्टल एक्स-रेमा दुई महिनासम्म ५० र सबै किसिमका दन्त उपचार सेवामा पाँचदेखि ३० प्रतिशतसम्म छुट दिने जनाइएको छ।

किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा आमा डेन्टल केयरले इलामको माङसेबुङ गाउँपालिका-‚ माङसेबुङमा मंसिर १८ गते सञ्चालन गरेको शिविरमा निःशुल्क दन्त परीक्षण‚ दाँत खोल्ने सेवा र औषधि उपलब्ध गराएको थियो। उक्त शिविरमा २०० जनाको दन्त परीक्षण गराएका थिए। शिविरमा डा. मीरा आचार्य र डा. दिपक थापाको टोली खटिएको थियो।

प्रकाशित मिति : २१ मंसिर २०८२, शनिबार  ५ : ४८ बजे