८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

याङनामको खलंगाटारमा फाल्गुनन्दको प्रतिमा अनावरण र माङहिम उद्घाटन गरिदै



पान्थर । फिदिम नगरपालिका वडा नम्बर १० याङनाम, खलंगाटार अवस्थित किरात धर्म दर्शनदाता समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ ।

आगामी माघ १६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ र मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्युहरुको माङ सवारीमा महागुरु फाल्गुनन्द प्रतिमा अनावरणसंगै माङहिम उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

वि.स १९९० सालमा  महागुरु फाल्गुनन्द लिङ्देन हिमाल यात्रामा जाने क्रममा याङनामको खलंगामा वहाँले चरु हवन लगाउनु  भएको थियो ।

फाल्गुनन्द फार्कमा निर्माण गरिएको महागुरु फाल्गुनन्द प्रतिमा अनावरणसंगै माङहिम उद्घाटन गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

परिचय

पाँचथर जिल्लाको सदरमुकाम फेदेन (फिदिम) बाट पूर्व उत्तरमा रहेको पर्यटकीय एवम् सुन्दर स्थान याङनाम एक ऐतिहासिक एवम् पर्यटकीय स्थान हो, मुन्धुमी एवम् प्रशासनिक रुपमा यस ठाउँको नाम रहेको अग्रजहरुको भनाई छ । यो गाउँमा ९५ प्रतिशत भन्दा बढी लिम्बू जातिहरुको बसोवास रहेको छ। लिम्बू जातिमा प्रचलित भनाई अनुसार साम्माडहरुको चलखेल हुने हाल फालेलुङ ८ को सामाङखाबाट अन्न, सह, धन सह बोकेर युमा अहिलेको याङनाम गाउँ पुगेर आफुले बोकेको याङ नामा पैसा ( बिसाउनु) आराम  गर्नुहन्थ्यो । त्यहि याङनामाबाट याङनाम भएको विश्वास गरिन्छ ।

त्यसैगरी लिम्बुवान र गोर्खा राज्य बीच वि.सं. १८३१ मा एकिकरण भएपछि लिम्बुवान पल्लो किरात प्रगन्ना पाम्बर र ताम्लीजूङ  थुमको तिरो रकम तिर्न अमिनी नाप्लिजोड जानेहरु चाइनामको खलंगाटारमा सैनिक क्याम्प समेत रहेको हुँदा आफले बोकेको पैया (याङ) बिसाउन । नामा पथ्यों । यसरी पैसा विसाएको ठाउँ याङनामा अपभ्रंस भई याङनाम नामाकरण भएको हो । अर्को भनाई अनुसार, नेपाल एकिकरण हुनु पूर्व यो क्षेत्रमा लिम्बू राजाहरुले शासन गर्दथे । १७ थुममा विभाजित हाङहरु एकआपसमा लडाई. झगडा गर्थे । त्यो समयमा चारखोलाका फियाक र गजपति योङहाङ सहित लेप्चा इमेपा हरुसँग यस क्षेत्रमा युद्ध भएको थियो। युद्धमा शत्रुहरु वीच वरपर खेदाखेद गरिन्यो। वरपर खेदाखेद गर्नुलाई लिम्बू भाषाबाट याहनानामा भनिन्छ, यहि याङनामाबाट याङनाम भएको पनि मानिन्छ।

पञ्चायतकालमा याङनाम गाउँ पञ्चायतको नाम रहेको यो गाउँ विस २०४६ सालको प्रजातन्त्रको आगमन भए पश्चात् छुट्टै अस्तित्वमा रहेको लुवाफु गाउँ पञ्चायतलाई एकिकृत गरी पुरानो याङनामलाई पांच क्दा बड़ा र लुवाफ वडालाई ४ वटा वड़ा कायम गरी याङनाम गा.वि.स. बनाइयो । गणतन्त्र नेपालको संविधान २०७२ र राज्य पुनरसंरचना पश्चात् फेरि याङनामा १ देखि ५ सम्म फिदिम नगगरपालिका वडा नं. १० र वड़ा नं. ६ देखि ९ सम्म फालेलुङ गाउँपालिकाको वडा नं. ८ बनाइयो। यी दुवै वडा फिदिम न.पा. १० र फालेलुङ गा. पा. ८ लाई केन्द्रीत गरी याङनाम खलगगाटारमा अवस्थित रहेको राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक अनावरण एवम् विश्व शान्ति तथा मानव एकताको निमित्त पूजा सेवा सहित विविध कार्यक्रम गर्ने तयारी गरिएको छ।

कार्यक्रमको उद्देश्य

वि.सं. १९९० सालमा लब्रेकुटीबाट टिबुरेहुदै फक्ताङलुङ (कुम्भकर्ण) हिमाल यात्राको क्रममा महागुरु फाल्गुनन्द खलगा पुगेर होमादि लगाउनु भएको साथै महागुरुकै बेला वैजनाथ तुम्बापोले वि.सं. २०१८ सालमा होमादी लगाउनु भए‌को पवित्र स्थल बनंगाटार, त्यसैगरी बास बस्नु भएको र पूजाअर्चता गर्नु भएको वधिनलुङ, लडपङदेन, भोराहाङ, सुम्हात्लुङ, अम्लुड, साम्माइया, आकासे स्थित निर्माणाधिन शहिद पार्क, अंशुभञ्ज्याङ, गुमा पेवा फुक्क पंतांने। लुबाफ जस्ता मुन्धुमा उल्लेख भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको चिनारी दिन र भानारिक तथा बाह्य पर्यटनको विकास गरे विश्व शान्ति तथा मानव एकताका कामनाको लागि लाधूढ नेही सेवा श्री तथा किरात धर्म लिडदन आत्मानन्द “सेइङ” र गुरुआमा पवित्रहाङ्‌मा सांबा लिङदेनको देनसधारमा किरात धर्म दर्शनदाता, समाज मधारक, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द निर्देनको शालिक बनावरण गर्ने उद्देश्य रहेको छ।

१९९० सालमा महागुरु फाल्गुनन्द लिङ्देनले चरु हवन गर्नुभएको स्थान

 

कार्यक्रम

२०८० माघ १३ गते याङनाम खलंगाटारमा उपस्थित ।
२०८० माघ १४ गते पर्यटनको लागि यस ठाउँ आसपास रहेका
भ्रमण र गाली श्राप बहन्ती गर्ने ।
२०८० माघ १५ गते विश्व शान्ति मानव एकताको कामनानार्थ येत लाधुङसेमी सेवा गर्ने ।
२०८० माघ १६ गते राष्ट्रिय विभूति महागुरु फाल्गुननन्द लिङदेनको शालिक वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ र गुरुआमा साबा पवित्रहाङमा लिङ्देन ज्युहरुको हस्त बाहुलिबाट गरिनेछ । र शुभ आशीर्वचन , माङसिवाखाहुन साथै विविध कार्यक्रम रहनेछ ।

सहयोगी महानुभावहरुको लागि 

१) रु.५,००१ सम्म सहयोग गर्नेहरुलाई स्मारिकामा अभिलेख राख्नुका साथै धन्यवाद पत्र र सुरुबा गुरुआमाको आशीर्वाद सिनका प्रदान गरिनेछ ।

२१ रु.१०,००१ सहयोग गर्नेलाई वर्तमान किरात धर्मगुरुको हस्तबाहुलीबाट धन्यवाद पत्र प्रदान गर्नुका साथै स्मारिकाना अभिलेख राखिनेछ ।

३) रु.२५,००० सहयोग गर्नेलाई वर्तमान किरात धर्मगुरुको हस्ताक्षर भएको ताघपत्रमा धन्यवाद पत्र प्रदान गर्नुका साथै स्मारिकामा अभिलेख राखिनेछ ।

४) रु.५०,००० सहयोग गर्नलाई ताम्रपत्रले अभिनन्दन गर्नुका साथै स्मारिकामा बायोडाटा सहित अभिलेख प्रकाशन गरिनेछ ।

५) रु. १,००,००० सहयोग गर्नेलाई अधिनन्दन गर्नुका साथै जीवनी प्रकाशन गरिने छ र वर्तमान गुरुको आशीर्वाद सिक्का प्रदान गरिनेछ ।

सम्पर्क :

भुवन जवेगु आर्थिक संयोजक ९८२३४५५५८८ सागर केरुङ
सौजन्य/प्रवास आर्थिक संयोजन ९८४२६६४९५० नरेन्द्रराज केरुङ सचिव ९८४२७४६३७४ वीरहाङ्मा थाम्सुहाङ • अध्यक्ष ९८१८७६४४५४

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : ४३ बजे