७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१४ औं संस्करण पवित्रहाङमा कपको सेमिफाइनलमा माङसेबुङ प्रवेश



माङसेबुङ । इलामको माङसेबुङमा जारी १४ औ संस्करण पवित्रहाङमा कपमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम सेमिफाइनलमा  प्रवेश गरेको छ ।

बुधबार माङसेबुङ – ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा  सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ मोरङलाई १ – ० गोल अन्तरले पराजित गर्दै माङसेबुङ सेमिफाइनलमा प्रवेश  गरेको हो ।माङसेबुङको जितका लागि खेलाडी जर्सि नं. ९ की सावना राईको गोल निर्णायक बनेको थियो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङज्यू नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको उद्घाटन गरिएको हो ।

विहिबार (भोलि) कन्काई नगरपालिका झापा र वि.वाई. सी. भूटानबीच हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।फाइनल खेल फागुन २ गते हुनेछ ।

माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ०६ बजे