१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

पवित्रहाङमा कपमा आज भएको खेल माङसेबुङ दोस्रो चरणमा प्रवेश



माङसेबुङ । इलामको माङसेबुङमा जारी १४ औ संस्करण पवित्रहाङमा कपमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुधबार माङसेबुङ – ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा  सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ मोरङलाई १ – ० गोल अन्तरले पराजित गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।माङसेबुङको जितका लागि खेलाडी जर्सि नं. ९ की सावना राईको गोल निर्णायक बनेको थियो ।

माङसेबुङ गाउपालिकाका खेलाडीहरु

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङज्यू नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको उद्घाटन गरिएको हो ।

विहिबार (भोलि) कन्काई नगरपालिका झापा र वि.वाई. सी. भूटानबीच हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

नवदीप युवा क्लब मिक्लाजुङ मोरङ

प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ०६ बजे