माङसेबुङ : जिल्ला खेलकुद विकास समिति इलामले माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेका छन् ।
शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मान गरेको हो ।
उनलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।यस्तैजिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई पनि सम्मानित भएका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनकै अवसरमा जिसस प्रमुख राई सम्मानित भएका हुन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई जिल्ला खेलकुद विकास समितिदोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।