२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

‘गाउँ आएको बाटो’ जेठ २५ बाट देशभर प्रदर्शन हुदै



काकीराम लाओती, दमक । वरिष्ठ चलचित्र निर्देशक नविन सुव्वाद्वारा निर्देशित वहुप्रतिक्षित चलचित्र ‘गाउँ आएको बाटो’ आगमी जेठ २५ बाट देशभर प्रदर्शन हुदैछ ।

झापाको दमकमा सञ्चारकर्मी तथा समाजिक संघसंस्थाका प्रतिनिधि र अभियन्ताहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्देशक सुव्वाले चलचित्र ‘गाउँ आएको बाटो’ आगमी जेठ २५ बाट देशभर प्रदर्शनमा आउँने बताएका हुन् ।

‘चलचित्र ‘गाउँ आएको बाटो’ बाबुछोराको संघर्षको कथा हो’ निर्देशक नविन सुव्वाले भने, ‘यो चलचित्रमा गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढाव र संघर्षको कथा समेटिएको छ ।’

उनी थप्छन्, ‘यो फिल्म विश्वभरि प्रतिष्ठित क्यानडाको ‘टोरन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साओ पाउलो’, भारतको ‘मुम्बई’ स्विडेनको ‘गोटेबर्ग’, चीनको बेइजिङलगायतका फिल्म महोत्सवमा प्रदर्शन गरेपछि घरेलु दर्शकमाझ ल्याउन तयारी गरेका हौं ।’

‘एशिया, युरोप र अमेरिकाका भिन्न–भिन्न वर्ग र त्यहाँका विभिन्न जातजातिका दर्शकहरुले रुचाएको र यो कथा आफ्नै कथा लागेको भन्दै मनपराएको र प्रशंसा बटुलेको यो चलचित्र नेपाली समाजमा भईरहेको सामाजिक कथा भएकोले यो चलचित्र नेपाली दर्शकले पनि रुचाउने आशा रगरेका छौं’, उनले भने ।

महेश राई र नवीन सुब्बाको लेखन तथा अमोद राई र नविन सुव्वाको निर्माण रहेको यस चलचित्रमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईले अभिनय गरेका छन् ।

हङकङकी हाइडी लीको संगीत, अमेरिकी जोस हेरमको छायांकन र ताइवानका क्वान पुन लुङको सम्पादन रहेको चलचित्रमा सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।

भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको चलचित्रको टिजर वैशाख २४ गते सार्वजनिक गरिएको छ ।करिब २ मिनेट २ सेकेन्डको टिजरमा गाउँमा बाटो नपुग्दा भोग्नुपरेको समस्या र पहिलोपटक गाउँमा गाडी पुग्दाको खुशी देखाइएको छ ।

टिजर हेर्नुहोस…

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ५८ बजे