७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बेलायतको स्विडण्नस्थित २५ मे मा विशाल सेवाको आयोजना हुदै



बेलायतकाे विभिन्न ठाउँमा बसाेबास गर्दै आएका सम्पुर्ण किरात धर्मलवम्बी तथा शुभचिन्तक महानुभावज्युहरुकाे बाक्लाे उपस्थितिमा सेवा हुने  किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जाेङले जानकारी दिनु भएकाे छ ।

हरेक बर्ष बेलायतमा बस्ने सम्पुर्ण किरात धर्मलवम्बीहरुले माैलिक परम्परा अनुसार खिबेक्वा याक्वा सेवा तथा,आप्लुङगेन्न, ताङसेप चाेमेन सेवा साथै विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थ र विश्व मानव जगत कल्याणका लागि बिगत लामाे समय देखि यस किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समितिले आयाेजना गर्दै आएकाे कार्यक्रम मध्ये खिबेक्वा याक्वा सेवा पनि महत्पुर्ण भएकाेले  सेवा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि लगायत विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई अथितिकाे रुपमा बाेलाएर किरात धर्म दर्शन, संस्कर, सांस्कृतिक र महागुरु फाल्गुनन्दका उपदेश, मार्ग दर्शन तथा किरात धर्म गुरुगुरुमाताज्युकाे मार्ग दिशा र खिबेक्वा याक्वा सेवाकाे महत्व, बिशेषताकाे चर्चा समेत गरिने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङले बताएका छन् ।

सेवा कार्यक्रममा साक्मुरा वदेमा, साथै लाधुङ नाम्धुङ सेवी सेवा हुने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका सल्लाहकार तथा माङसेवा साबा बिभागीय प्रमुख मंगल सिं लिङदेनले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ३ : ४० बजे