किरात समाचारः माङसेबुङ सेवा समाज दक्षिण कोरियाको सहयोगमा माङसेबुङमा बृक्षरोपण गरिएको छ ।
विहिबार किरात हाङसाम माङहिम परिसरमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको हस्तवाहुलीमा बृक्षरोपन गरेर सुरु भएको थियो ।
माङसेबुङ येहाङमुक कोक्मा ताङभुला ताङसेपका अध्यक्ष इन्द्र प्रसाद आङदेम्बेको अध्यक्षतामा मयुर धुप ४ सय बोट रोपण गरिएको जानकारी दिए ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ रिङरोडदेखि माथिका करिब ६ सय रोपनी क्षेत्रफल रहेका स्थानमा विभिन्न प्रजातिका विरुवा रोपण गरिएपनि माङसेबुङ सेवा समाजको आर्थिक सहयोगमा मयुर प्रजातिका धुप ४ सय र एडिका १० बोट रोपण गरेका हुन ।
अध्यक्ष आङदेम्बेका अनुसार यसअघि रत्तचन्दन १ सय ३०, अमृत फल ३ सय ५०, एबोगाडो र लिचि १ हजार ८ सय, आँप ५ हजार, लामपाते ३ सय, चिउरी ४ सय ५०, तेजपता ६ हजार, सल्ला ३ सय र रुद्राक्ष ३ सय ५०, रुख कटहर १२ सय, र कागति १ सय ५० बोट बृक्षारोपण समेत गरिसकेका छन् ।
यस्तै नेपाल सरकार र माङसेबुङ कृषि बहुद्धेश्य सहकारी संस्थाको साझेदारीमा सो क्षेत्रमा १२ सय कफि र ३ सय ५० एबोगाडो रोपिसकेका छन् ।
सो क्षेत्रमा अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष योङहाङ एक्लैले २ सय सुगन्ध कोपिला प्रजातिका बिरुवा सौजन्य गरेर रोपिसकेका छन् ।