३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

माङसेबुङमा किरात धार्मिक पर्व सेसेक्पा तङनामको महत्त्व बिषायक कार्यक्रम सम्पन्न



माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्त्व विषायक अन्तरक्रिया कार्यक्रम गत शनिबार सरस्वती माबिको हलमा सम्पन्न भएको छ ।

किरात इत्नामको चौथो श्रसङखला किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा  इन्द्रहाङ आङदेम्बेले सिसेक्पा तङनामको महत्त्वबारे अवधारणा   प्रस्तुत गरेका थिए ।

कार्यक्रममा माङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिङ योङहाङ लेखक तथा साहित्यकार खड्क सङबाङफे लगायतले सिसेक्पा तङनाम ( चाडपर्व ) को बारेमा आफ्नो कुरा राखेका थिए ।

किरात मल्टीमिडिया, किरात चोत्लुङ, किरात आवाज र इङघङको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रायोजन अमेरिका निवासी धार्मिक अभियन्ता सुमन सुहाङले गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ०३ बजे