२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

माङसेबुङमा किरात धर्मावलम्बीहरुको नजरमा दशैं मान्ने कि नमान्ने चर्चा



माङसेबुङ । इलामको माङसेबुङमा किरात धर्मावलम्बीहरुको नजरमा दशैं मान्ने कि नमान्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
किरात इत्नामको छैटौं श्रीङखला अन्तरगत शनिबार सरस्वती माबिको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिमका प्रधानाध्यापक कल्पना लिङदेनले दिप बालेर सुरुवात भएको अन्तरक्रिया कार्यक्रममा साङदाङगेन वरुमसाबा किरातहाङले किरात धर्मावलम्बीहरुको नजरमा दशैं मान्ने कि नमान्ने विषयक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विश्लेषक आङबुहाङ अबोध अविरल, निसामहिमका प्रधानाध्यापक किरात धर्मावलम्बीहरुको नजरमा दशैं मान्ने कि नमान्ने विषयक बारे मन्तव्य राखेका थिए ।

किरात मल्टीमिडिया, किरात चोत्लुङ, किरात आवाज र इङघङको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रायोजन अमेरिका निवासी धार्मिक अभियन्ता सुमन सुहाङ, डा. नरेश लाओती, राजु इधिङगो लगायतले गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : ४७ बजे