२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

साक्थिम्गेनको स्थापना दिवस तथा सातौ सम्मेलन असोज २२ गतेदेखि २६ गतेसम्म हुने



माङसेबुङ । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४५ औं स्थापना दिवस तथा सातौं केन्द्रीय सम्मेलन कार्यक्रमको तयारी सुरु गरिएको छ ।

पान्जुम्भोको यही असोज २२ गतेदेखि २६ गतेसम्म किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा आयोजना गरिने पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।

पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार सम्मेलनको पहिलो दिन बुधबार (असोज २३ गते) साक्मुरा वादेम्मा गरिने छ । भने, बिहिबार २४ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा येत लाधुङ नाम्धुङ सेमी सेवा सञ्चालन गरिने छ ।

त्यसैगरी शुक्रबार असोज २५ गते पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस कार्यक्रम समुद्घाटन, किरात धर्ममा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई अभिनन्दन तथा पान्जुम्भोका कलाकारहरुको सम्मान, शुभकामना मन्तव्य साथै विविध सांस्कृतिक कार्यक्रम गर्ने र २६ गते बन्द सत्रमा पान्जुम्भोको प्रगति प्रतिवेदन, किरात सस्कृति विषयक कार्यपत्र प्रस्तुत साथै पारित गर्दै नयाँ समिति गठनपछि विदाई हुने पान्जुम्भोका उपाध्यक्ष आइन्द्र थेगिमले जनाएको छ । सम्मेलन सम्पन्न पार्न आवश्यक जिम्मेवारी विभाजन गरी सम्मेलन तयारीको काम धमाधम भइरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : २६ बजे