११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मुन्चइत चोक सयङ प्रदेश १ अधिवेशन आयोजक समिति गठन, संयोजकमा तुम्बाहाङफे



याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ (लिम्बुवान किरात) अधिवेशन आयोजक समिति गठन भएको छ ।

याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङको उपस्थितिमा शनिवार झापा दमकस्थित होटल जेपीको सभाहलमा भुपेन्द्र तुम्बाहाङफेको संयोजकत्वमा याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान किरात अधिवेशन आयोजक समिति गठन भएको हो ।

नवगठित अधिवेशन आयोजक समितिको सह–संयोजकमा कुशल थलङ, मिना नेम्बाङ, बबिन आङ्देम्बे, सदस्य सचिवमा नुनाम केरुङ र अर्थ संयोजकमा दुर्गा तुम्सा चयन भएका छन् ।

यसैगरी सदस्यमा क्रमशः बुद्धराज फोम्बो, चन्द्र फुरुम्बो, दिलिप कुमार योङ्हाङ, प्रमिता लिम्बु, सुमन कुरुम्बाङ, सुमन सानु कुरुम्बाङ, रवी किरण मादेन, टीआर सेनेहाङ, मदन वनेम, डिबी लिम्बु थेगिम, मनकुमार योङहाङ, टिकाहाङ लिम्बु, गणेश योङहाङ, मनु योङहाङ, आशा साँवा लिम्बु, दिलु सुब्बा, सुरज जबेगु लिम्बु, जयन्ती सुहाङ, बिक्रम येक्तेन, संगीत आङखेवा, सागर सिंगल, गंगा कन्दङवा, अप्सरा बोखिम, आकाश लावती ‘ताङसाङ’, खगेन्द्र माङवाजी, हिमाल लिम्बु, चन्द्र तुम्सा, चन्द्रकला साँवा, तेज आङबुहाङ, पुष्पा वनेम, सुनिता थक्सु, बिनु तुम्बाहाम्फे, कर्मिला आङदेम्बे, गीता नेम्बाङ, मिना मादेम्बा, अवि चेम्जोङ, बन्दना फेवादीन र मेनुका योङहाङ चयन भएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : ०८ बजे