माङसेबुङ । गायिका तथा गितकार रीता फोम्बो ठुलीको पालाम साम्लो ‘फुङकुसिङ नुवा’(निङवासुम–२५) सार्वजनिक गरिएको छ ।
रीता फोम्बो ठुली र सुन्दर निङलेकु शव्द संकलन तथा रीताकै लय संकलनमा असारसिं निङलेकुको समेत आवाज रहेको पालाम ‘फुङकुसिङ नुवा’ रीता फोम्बो ठुली अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनु नेम्बाङको समेत कोरष आवाज रहेको पालाम साम्लोलाई चन्द्र लिम्बू पिबीओले निर्देशन, छायांकन तथा सम्पादन गरेका छन् ।
पदम तामाङको श्रृङगार रहेको पालाममा रीता फोम्बो ठुली, तेज सेरेङ, सुन्दर निङलेकु, असारसिं निङलेकु, अञ्जना याक्खा क्याक, मीरा फियाक, सुनिता सम्बाहाङफे, आइन्द्र तुम्बापो, सिताराम साम्याखाम, रविन्द्र निङलेकु, सञ्जय निङलेकु, निर्मला सुहाङ र बिष्णु कुमारी नाल्बो साम्याखामले अभिनय गरेका छन् ।
श्याम लिम्बूको संगीत संयोजनमा एभरेष्ट रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालामको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।
निङवासुम २५ औं भागको रुपमा पालाम ‘फुङकुसिङ नुवा’ सार्वजनिक गरिएको हो ।
पालाम साम्लो हेर्नुहोस…