माङसेबुङ । गायिका थोक्फेला लिङदेन गायक तुलाराम फागोको आवाजमा केसामी मुन्धुम साम्लो ‘सर लै सर’ सार्वजनिक गरिएको छ ।
तुलाराम फागोको शव्द तथा संगीतमा रहेको केसामी मुन्धुम साम्लो ‘सर लै सर’ को म्युजिक भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चेतनामुलक सन्देश बोकेको केसामी मुन्धुम साम्लो भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् भने, भिडियोमा सुनिता किरातीको मेकअप रहेको छ ।
राजु कार्कीको संगीत संयोजनमा किङ्ग स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् ।
भिडियो हेर्नुहोस…